तालिममा गोली चलाउँदा प्रहरी घाइते

तालिममा गोली चलाउँदा प्रहरी घाइते

विराटनगर : विराटनगरको रानीस्थित पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा मंगलबार दिउँसो तालिमका क्रममा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

पेस्तोलको गोली लागेर प्रहरी जवान सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् । तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शहकुलबहादुर थापाका अनुसार घाइते यादवको देव्रे हातको हत्केला छेडेर गोली पार भएको छ ।

प्रशिक्षार्थी प्रहरीहरुलाई तालिममा गोली हान्न सिकाउने क्रममा दिउँसो २ बजे घटना भएको एसएसपी थापाले जानकारी दिए । ‘प्रशिक्षार्थीहरुलाई फायरिङ गराउने क्रममा अचानक पेस्तोलमै गोली अड्किन पुग्यो,’ उनले भने, ‘त्यही पेस्तोल सफा गरेर बाहिर निकाल्न लाग्दा गोली पड्किएर प्रहरी जवानको हत्केलाबाट पार भयो ।’

थापाका अनुसार पेस्तोलका पार्टपूर्जा नै बाहिर निस्किएका थिए । घटनापछि घाइतेलाई उपचारका लागि अस्पताल लगिएको थियो । अहिले स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।

घाइतेलाई विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । अहिले थप उपचारका लागि काठमाडौं लगिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.