प्रदेश १ का सबै सडकमा टिपरलाई चार घण्टा प्रतिबन्ध

प्रदेश १ का सबै सडकमा टिपरलाई चार घण्टा प्रतिबन्ध

 विराटनगर : टिपरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै प्रदेश १ का सबै सडकर्मा  दैनिक चार घण्टा प्रतिबन्ध लगाइने भएको छ। 

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा टिपरलाई मुख्य तथा सहायक राजमार्ग र भित्री सडक खण्डमा बिहान र दिउँसो दुई÷दुई घण्टा संचालनमा रोक लगाउने तयारी भएको हो। 

सडकमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएपछि आगामी पुस १ गतेबाट दैनिक  चार घण्टा टिपरमाथि रोक लगाउन लागिएको हो। 

प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले सबै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार टिपर संचालनमा रोक लगाउने तयारी भएको हो। अहिले यो विषयमा चालकलाई जानकारी दिने काम सुरु भएको उनको भनाइ छ। 

एसपी पौडेलका अनुसार बिहान ९ बजेदेखि ११ र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मुख्य राजमार्ग, सहायक मागमा टिपर चलाउन रोक लगाइने छ। 

‘पिक आवरमा टिपर संचालन गर्न नदिने विषयमा प्रदेशका १४ वटै जिल्ला सुरक्षा समितिले निर्णय गरेका छन्’, एसपी पौडेलले भने। 

ट्राफिक प्रहरीका अनुसार साउन यता प्रदेश १ मा टिपरका कारण १२ वटा दुर्घटना भएका छन्। दुर्घटनामा परेर पाँच जनाको मृत्यु र ३५ घाइते भएको एसपी पौडेलले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.