सात वर्षसम्म फरार अभियुक्त पक्राउ
राजविराज : सप्तरीमा अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त मोहम्मद मियाँलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको कञ्चनपुर नगरपालिका ६ बस्ने ६५ वर्षीय मोहम्मद मियाँलाई प्रहरीले सोमबार सुनसरीबाट पक्राउ गरेको हो ।
मियाँलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएको छ । सप्तरी जिल्ला अदालतले २०६८ साल बैशाख ७ गते अपहरण तथा शरीर बन्धक मुद्दामा मियाँलाई १० वर्ष कैद र नगद ७५ हजार जरिवानाको फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
४