दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत
राजविराज : सप्तरीको हनुमान कंकालिनीमा बस दुर्घटनाको क्रममा ज्यान गुमाउनेका परिवारलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिले राहत जुटाइदिएको छ ।
निर्वाचित जनप्रतिनिधिहरुबाट सहयोग रकम संकलन गरी कांग्रेसका सभापति दिनेशकुमार यादवले बुधबार मृतकका परिवारलाई रकम वितरण गरिदिएका हुन् । बस दुर्घटनामा मृत्यु भएको १३ आंै दिनको अवसरमा श्रद्धाञ्जलीसभा आयोजना गरी हरेक परिवारलाई २५÷२५ हजारका दरले रकम दिइएको हो ।
डाकनेश्वरी नगरपालिकाका ६५ जना सहित तिर्थयात्रामा गएको बस सप्तरीको हनुमाननगर कंकालिनी–१० ईनर्वामा गत ७ गते दुर्घटना हुँदा पाँचजना तिर्थयात्रीको ज्यान गएको थियो भने ४९ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस !
५