पढ्न गएका तामाङको अष्ट्रेलियामा मृत्यु
विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका- ७ का २० वर्षीय मिलन तामाङको अष्ट्रेलियामा मृत्यु भएको छ। उनी अध्ययनका लागि भनेर दुई महिना अघि मात्रै अष्ट्रेलिया पुगेका थिए।
अष्ट्रेलियाको सिड्नीमा मिलनको बुधबार साँझ मृत्यु भएको उनका दाजु देउमान तामाङले जानकारी दिए।उनको मस्तिष्क घातबाट मृत्यु भएको देउमानले बताए।'पढ्नका लागि भनेर भाइ दुई महिनाअघि अष्ट्रेलिया पुगेको थियो', उनले भने, 'अहिले यस्तो दुःखद् खबर सुन्न पर्यो।'