सुरजको बाह्रवर्षे ख्वाःपा कलेक्सन

सुरजको बाह्रवर्षे ख्वाःपा कलेक्सन

ललितपुर : पाटन संग्रालयको होचो ढोका बाहिरैपट्टि लेखिएको छ, ‘मेरो सम्पदा र परम्पराको एक झल्को ।’ यो मिठो स्लोगान माथि लेखिएको छ ‘ख्वाःपा– दी माक्स ।’ काठको भर्याङ चढ्दै एकतल्ला माथि जाँदा संग्रालयको प्रदर्शनी कक्ष आइपुग्छ। दायाँपट्टि फिलिगिरी गरिएका दुइ सिंह (मन्दिरका अभिभावक) छन्। र बीचमा ठूलो र शक्तिशाली देखिने ड्राइगन झुण्डाइएको छ। कलाकार सुरज शाक्य भन्दै थिए, ‘एउटा सिंहको १६ लाखसम्म पर्छ ।’ सुन र चाँदीको जलप, पीतल र तामाजस्ता धातु, र थरिथरिका स्टोन जडित उक्त सिंह निकै भव्य देखिन्थ्यो ।

दायाँपट्टि थुप्रै ख्वापा अर्थात मुकुण्डो भित्ताभरि झुण्डिएका थिए। ती प्रत्यक ख्वापामा मिहिन मेहनत झल्कन्थ्यो । एमबीएससम्म पढेका सुरुजलाई परम्परागत काममा मात्रै भुल्न पक्कै मन थिएन। ‘पढेर जागिर खाने सोच बनाएको थिएँ, केही ठाउँमा काम पनि गरेँ ।’ ‘उनले भने ‘तर अरु जे गरेनि चित्त बुझेन ।’

बुझ्दै जाँदा परम्परागत आर्टको ठूलै महत्व देखेपछि उनले यो कलालाई उत्थान गर्ने साचे। परम्परागत कलालाई नयाँ पुस्ताले डोर्याउनु पर्ने आवश्वयकता सुरजले देखे। भन्छन्, ‘हस्तकलाबाट मैले आफ्नो परिचय बनाउन सकेको छु। जुन जागिर खाएर सकिँदैन थियो ।’ पाटनमा जन्मिएका सुरजको परिवार पुस्तौंदेखि मुकुण्डो बनाउने काम गर्छन्। संधै काम मात्र गरेको तर बजारिकरणमा ध्यान नदिँदा बनाएका सामान थन्किँदै गएको सुरजले बताए ।

‘पुस्तौंदेखि हस्तकला सम्बन्धी काम गर्दै आएपनि प्रदर्शनी गरेको पहिलो पटक हो,’ शुरजले भने। बुबाको जमानामा धेरै माक्सका प्रकार नभएको र समय अनुसार परिवर्तन ल्याउनु पर्छ भन्दै उनले नयाँ नयाँ डिजाइनमा मुकुण्डो बनाउन थाले। भन्छन्, ‘मैले यो सब मेरो बुबाबाट सिकेको हूँ ।’

सुरजले बनाएका ख्वापाहरु नेवारी संस्कृति र परम्परासंग जोडिएका छन्। ती ख्वापाहरु कालभैरव, गरुड, बज्रबाराही, गणेश, सिंहिनी, बुद्ध आदिको अवतारमा बनाइएका छन् । सुरज भन्छन्, ‘नरसिंह जात्रा( कात्र्तिक नाच), पुलुकिसी जस्ता नेवारी सांस्कृतिक नृत्यमा ख्वापाको प्रयोग गरिन्छ ।’ नेवार समुदायको ख्वापा प्रति आध्यात्मिक विश्वास जोडिएको पनि उनले बताए ।

सुरजले बनाएका सबै ख्वापाहरुमा ताम्रपत्र, पीतल, स्टील, पारो, र सुनको लेपन प्रयोग भएका छन्। अद्र्ध मुल्य धातु जस्तै ग्रानेट, कोरल, टक्र्यूज पनि प्रशस्तै प्रयोग भएका छन् । पारम्पारिक रुपमा देख्दै आएको ख्वापाभन्दा शुरजको ख्वापा केही भिन्न थियो। प्रत्यक ख्वापालाई उनले मोर्डन लुकदिएका थिए। सुरजले बनाएका केही ख्वापाहरु परम्परागत शैलीका पनि छन् ।

ख्वापाका साथै प्रदर्शनीमा थरिथरिका मण्डला, अष्टमङ्गलम, स्वएम्भु, उल्लुको प्रतिमूर्ति पनि थिए। एउटै मूर्ति बनाउन वर्षदिनसम्मको मेहेनत भएको बताउँछन् सुरज। उनी देवीदेवताका अवतारमा टिबेटियन र पौभा शैलीमा कलात्मक ख्वापा बनाउँछन्। रिपोसी शैलीका आर्ट मन पराउने कलाकार सुरज शाक्य भन्छन्, ‘यी ख्वापाहरु मेरो बाह्र बर्षको कलेक्सन हो ।’मंङ्सीर चौध शुक्रबारदेखि राखिएको सुरजको ख्वापा प्रदर्शनी बिहिबारसम्म संचालन हुने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.