सरकार अब खुलेआम बुद्धिजीवीलाई धम्क्याउँछ : सिंह

सरकार अब खुलेआम बुद्धिजीवीलाई धम्क्याउँछ : सिंह

 

काठमाडौँ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बुद्धिजीवीलाईसमेत धम्क्याउने कार्य थालेको भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गरेका छन्।  काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा शुक्रबार  आयोजित कार्यक्रममा बोल्दै उनले सरकारप्रति आफ्नो असन्तुष्टी व्यक्त गरेका हुन्।

अहिले सरकार काम नगरी ठूलाठूला कुरा गर्नतिर लागेको आरोप पनि उनले लगाएका छन्। उनले सरकारको कार्यशैलीबाट जनता तथा प्रतिपक्षी दलका नेताहरु मात्र नभई  सत्तारुढ दलका नेतामासमेत असन्तुष्टी बढ्दै गएको बताएका छन्। 

सिंहले सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको बताएका छन्। ‘प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न कांग्रेस सङ्गठित हुनु जरुरी छ,’ उनले भने।’  
रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.