वडामा स्वास्थ्यचौकी स्थापना

वडामा स्वास्थ्यचौकी स्थापना

बैतडी : बैतडीको पाटन नगरपालिका ९ टकरेमा स्वास्थ्यचौकी सञ्चालनमा आएको छ। स्वास्थ्यचौकी नभएका जिल्लाका १६ वडा मध्ये पाटन नगरपालिका ९ मा शुक्रबार स्वास्थ्यचौकीको स्थापना भएको हो।

वडाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले वडामा स्वास्थ्यचौकी सञ्चालन गरिएको वडा अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए। ‘वडा कार्यालय स्थापना भएको डेढ बर्ष बढी हुँदा पनि वडाबासीले स्वास्थ्य सेवा लिनका लागि अर्को वडामा जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब त्यो बाध्यता हटेको छ।’

जिल्ला स्वास्थ्य कार्यालय र पाटन नगरपालिका ९ को करिब साढे नौ लाख लगानीमा स्वास्थ्यचौकी भवन निर्माण भएको अध्यक्ष भण्डारीले जानकारी दिए। स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीय धनसिंह भाटले ३ रोपनी र बहादुर भाटले २ रोपनी जग्गा दान गरेका थिए। 

‘वडा कार्यालय स्थापना भएको डेढ वर्षपछि हामीले आफ्नै वडामा स्वास्थ्य सेवा प्राप्त गरेका छौं’, स्थानीय जयन्ती बिजले भनिन्, ‘गर्भवती महिलालाई प्रसूति सेवा लिन खोड्पे पुग्नुपर्ने बाध्यता हटेको छ।’

स्वास्थ्य चौकीमा अहिले अहेव, अनमी र कार्यालय सहयोगी गरेर तीन जना कर्मचारी करारमा भर्ना भएका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.