पैसा लुटिएको गलत हल्ला फैलाउने युवा प्रहरी फन्दामा
![पैसा लुटिएको गलत हल्ला फैलाउने युवा प्रहरी फन्दामा](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_2yNDC5pLlL.jpg)
सिरहा : केही दिनअघि दिउँसै आफ्नो पैसा लुटिएको भन्दै गलत हल्ला फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिरहा प्रहरीले शुक्रबार सिरहाको धनगढीमाई नगरपालिका १० बस्ने २३ वर्षीय चितकुमार कामैतलाई पक्राउ गरेको हो।
कामतीले बा ५५ प ४३५५ नम्बरको मोटरसाइकलमा बुधबार गोलबजारको ज्योति विकास बैँकबाट सात लाख रुपैयाँ बोकेर लहानतर्फ जाँदा लुटिएको सूचना प्रहरीलाई दिएका थिए।
प्रहरीलाई उनले धनगढीमाई नगरपालिका ३ स्थित उग्रचण्डी पेट्रोल पम्प नजिकै दुई जनाले आफ्नो पैसा लुटेको बताएका थिए। इलाका प्रहरी कार्यालय लहानले सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीले फरार व्यक्तिको खोजतलास गरेका थिए।
अनुसन्धान गर्दै जाँदा कोही अरुले होइन कामतीले स्वयंले केही रकम आफ्नो, साथी नातेदार र आफैँ राखेको भेटिएको सिरहा प्रहरी प्रवक्ता तथा डीएसपी माधवराज खरेलले बताए। उनका अनुसार गलत हल्ला फैलाएको कसुरमा उनीमाथि अनुसन्धान अगाडि बढेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)