जीप दुर्घटनामा बालिकाको मृत्यु, १० घाइते

जीप दुर्घटनामा बालिकाको मृत्यु, १० घाइते

सिमरा : त्रिभुवन राजपथ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको आधाभार नजिकै शनिबार बिहान ट्रक र जीप ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।

सिमराबाट काठमाडौंका लागि छुटेको ना १ ज २८८१ नम्बरको जीपले सडक छेउमा रोकिराखेको लु २ ख ४९६ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा एक वर्षीया सञ्जना तामाङको मृत्यु भएको हो ।

सञ्जनालाई उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पतालमा पुर्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए ।

काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भइ डुमरवाना बस्दै आएका सुजन तामाङ परिवार सहित काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा सुजन सहित उनकी पत्नी शान्ति, छोरा साजन र छोरी सञ्जना घाइते भएका छन् ।

घाइतेमध्ये साजनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साजनको पनि वीरगन्ज न्युरोमा उपचार भइरहेको छ । सुजन र शान्तिको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४ डुमरवानाका नारायण श्रेष्ठ सहित सोही ठाउँका शंकर राई, जीतपुर सिमरा–३ का सञ्जिव पौडेल, १२ वर्षीय बालक निशप पौडेल, जीतपुर सिमरा–१ का लिलबहादुर बिश्वकर्मा, जीतपुर सिमरा–१५ की सीता खतिवडा, जीतपुर सिमरा–१४ का बिखबहादुर घर्ती पनि घाइते भएका छन् ।

घाइतेमध्ये सञ्जिब र निशपलाई काठमाडौं लगिएको छ । अन्य घाइतेको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक हमालका अनुसार बिग्रिएर रोकिराखेको ट्रकको पछाडी जीपले ठक्कर दिएको थियो । निकुञ्ज क्षेत्रको जंगलमा जीपम तिब्र गतिमा रहेको र चालकको लापरवाही देखिएको प्रहरी निरीक्षक हमालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.