कोलकाता महोत्सवमा नेपाली सुन्तलाको आकर्षण

कोलकाता महोत्सवमा नेपाली सुन्तलाको आकर्षण

कोलकाता : पश्चिम बंगालको प्रान्तीय राजधानी कोलकातामा ‘हिमालयन सुन्तला महोत्सव’ सुरु भएको छ। शुक्रबारबाट सुरु तीनदिने महोत्सवमा नेपाल, भुटान र भारतका विभिन्न स्थानमा उत्पादित सुन्तला प्रदर्शनमा राखिएको छ। त्यसमध्ये नेपाली सुन्तलाको अवलोकन गर्नेको संख्या बढिरहेको आयोजकले जनाएको छ।

नेपालमा उत्पादन भएको सुन्तला स्वादिलो हुँदा किन्नेको भीड बढिरहेको आयोजक एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिजम (एक्ट) कोलकाताले जनाएको छ। महोत्सवको महावाणिज्य दूत एकनारायण अर्याल, बंगालका पर्यटनमन्त्री गौतम देवले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्य दूत अर्यालले भारतमा नेपाली सुन्तलाको माग बढी भए पनि विविध कारणले निर्यातमा कठिनाइ भइरहेको जनाउँदै नेपाली सुन्तला प्रवद्र्धनका लागि महोत्सव कोसेढुंगा साबित हुने बताए। ‘सुन्तलासँगै नेपालको अलैंची, चिया, ग्रामीण पर्यटन सबै पर्यटकका लागि उपयुक्त छन्। यी सबैको विकास गर्न आवश्यक छ’, उनले भने।

महोत्सवमा नेपालको सलकपुरे सुन्तलाको स्टलमा अवलोकनकर्ताको बाक्लो भीड देखिन्थ्यो। सुन्तलासँगै सुन्तलाका परिकार पनि बनाएर बिक्रीका लागि राखिएकाले अवलोकनकर्ताको ध्यान त्यसतर्फ खिचेको हो। सुन्तलासँगै एभोकार्डो, मह, अलैंची, छुर्पी तथा विभिन्न नेपाली उत्पादन महोत्सवका आकर्षण रहेका छन्।

आयोजक एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिजम (एक्ट) कोलकाताका राज बसुले दार्जिलिङ, नेपाल र भुटानमा सुन्तला उत्पादनको एक सय ७७ वर्ष पुरानो इतिहास रहेको चर्चा गरे। खासगरी दार्जिलिङ र नेपालका सुन्तलामा पातलो बोक्रा भएका कारण मीठो मानिन्छ। उनका अनुसार सन् १९७० को दशकदेखि सुन्तला उत्पादन क्रमश घट्दै गएको छ, तर कुनै पनि देशका सरकारले यस विषयमा चासो नदिएको उनको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.