मोरङ प्याब्सनको अध्यक्षमा अर्जुन बस्‍नेत

मोरङ प्याब्सनको अध्यक्षमा अर्जुन बस्‍नेत

विराटनगर : निजी विद्यालयहरुको स‌ंस्था प्याब्सनको मोरङ जिल्ला अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन्। १४ औं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। 

विराटनगरमा आइतबार बिहान ४ बजे सम्पन्न मतगणना अनुसार निकटतम् प्रतिद्वन्द्वी सुनिल पौडेललाई ४० मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन्। बस्नेतले १२१  मत प्राप्त गर्दा पौडेलले ८१ मत मात्रै प्राप्त गर्न सके।

नयाँ कार्य समितिमा बस्नेत समूहको बर्चश्व रहेको छ। बस्नेत समूहबाट उम्मेदवारी दिनेहरु महिला सह-सचिवबाहेक सम्पूर्ण पदमा निर्वाचित भएका छन्। महिला सह-सचिवमा पौडेल समूहकी मनकुमारी गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। 

बस्नेत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र पौडेल कांग्रेस समर्थित हुन्। प्याब्सन मोरङको बरिष्ठ उपाध्यक्षमा बस्नेत समूहकी शीतला सुब्बा र महिला उपाध्यक्षमा रिना थापा निर्विरोध निर्वाचित भएका छन् । 

दुई उपाध्यक्षमा भक्तराज सुब्बा र सुवास राई विजयी भए । सुब्बाले एक सय ४५ मत र राईले एक सय २५ मत ल्याए । त्यस्तै सचिवमा पौडल समूहका पुष्पविक्रम बस्नेतलाई ५७  मत अन्तरले पराजित गर्दै बस्नेत समूहका प्रेमलालसिंह सुवाल निर्वाचित भएका छन्।सुवालले एक सय २८ मत ल्याउँदा बस्नेतले ७१ मत मात्रै ल्याउन सके।

कोषाध्यक्षमा बस्नेत समूहका जगतबहादुर बस्नेतले पौडेल समूहका अमिस रेग्मीलाई २५ मत अन्तरले पराजित गरे । बस्नेतले एक सय १२ मत ल्याउँदा रेग्मीले ८७ मत ल्याए। दुई सह-सचिवमा बस्नेत समूहका सिएम रिजाल एक सय ४३ मत र विष्णु डंगोल एक सय ४१ मत ल्याएर विजयी बने।

सह-कोषाध्यक्षमा बस्नेत समूहका देवी सिटौलाले पौडेल समूहका उज्जवल गौतमलाई ८५ मतले पराजित गरे। सिटौलाले एक सय ४० मत ल्याउँदा गौतमले ५५ मत मात्रै ल्याउन सके।  
छ सदस्यका लागि भएको निर्वाचनबाट अमृतप्रसाद ढकाल, केदार पौडेल, ईन्द्र शुब्बा, नगेन्द्रप्रसाद ढकाल, सूर्यप्रसाद गौतम र दीपेन्द्र कर्ण निर्वाचित भएका छन्।

यसैगरी १६ जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनबाट नेत्रप्रसाद गड्तौला, ईन्द्रप्रसाद घिमिरे, राजु तिम्सिना, हीरा थापा, गोपालप्रसाद पाठक, कमलराज गौतम, भुवन श्रेष्ठ, केदार खनाल, अमित खड्का, तेजबहादुर खत्री, कृष्णप्रसाद गौतम, छवि बास्कोटा, चोलानाथ पोखरेल, चण्डी रेग्मी, भोलानाथ पाण्डे र रविन कन्दग्ङवा निर्वाचित भएका छन्। 

प्याब्सन मोरङको १४ औं जिल्ला अधिवेशन शनिबारबाट विराटनगरमा सुरु भएको थियो। अधिवेशनले नयाँ नेत्रृत्व चयन गर्ने भएपछि बस्नेत र पौडेल समूह आ-आफ्नै प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए। 

दुबै समूह मैदानमा उत्रिएपछि नयाँ नेत्रृत्व चयन गर्नका लागि निर्वाचननै गर्नु परेको थियो। निर्वाचनमा जम्मा दुई सय तीन मत खसेको थियो । 

प्याब्सन मोरङको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरु अध्यक्ष अर्जुन बस्नेतका साथमा। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.