छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते

छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते

ओखलढुंगाः आइतबार बिहान सोलुखुम्बु र ओखलढुंगामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। सोलुको दुर्घटनामा जीप चालक र ओखलढुंगामा बस चढ्न खोज्दा किचेर यात्रु घाइते भएका हुन्।

ओखललुंगामा बसले किचेर मोलुङ गाउँपालिका वडा नं. १ टेकानपुरकी ७७ वर्षीया भीममाया विक गम्भीर घाइते भएकी हुन् ।रामपुरबाट ओखलढुंगातर्फ आइरहेको बा३ख९१७४ नम्बरको बसले किचेर उनी गम्भीर घाइते भएकी हुन्।

बस चढ्न खोज्दा साथमा रहेको समान खसेपछि टिप्ने क्रममा बसको टायरले किचेर विकका दुवै खुट्टा किचिएका छन्। उनका दुवै खुट्टा काम नलाग्ने अवस्थामा रहेको र प्राथमिक उपचारपछि काठमाडौं पठाउने तयारी भएको  प्रहरीले जनाएको छ।उनको अहिले सामुदायिक अस्पताल, ओखलढुंगामा उपचार भइरहेको छ।

त्यस्तै सोलुखुम्बुमा नेचा सल्यान गाउँपालिका-२ मा ना१ज३६६० नम्बरको जीप दुर्घटना हुँदा चालक नबराज ढुंगाना गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि उपचारका लागि राजधानी पठाइएको प्रहरीले जनाएको छ। जीप सडकबाट १ सय मिटर तल खसेको थियो। जीपमा सवार एक यात्रु हाम फालेर जोगिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.