बिरामीको मृत्यु भएपछि बीपीमा तनाव

बिरामीको मृत्यु भएपछि बीपीमा तनाव

सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारका क्रममा मृत्यु भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा तनाव उत्पन्न भएको छ।

बसको ठक्करबाट घाइते भएर उपचारका लागि प्रतिष्ठान ल्याइएका सुनसरी बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरका ८६ वर्षीय लीलाबहादुर काफ्लेको मृत्यु भएपछि आफन्त विरोधमा उत्रिएका हन्। 

मृतकका छिमेकी इन्द्र विष्टले खुट्टामा रगत बगिरहे पनि चिकित्सकले वेवास्ता गरेपछि काफ्लेको मृत्यु भएको बताए।

आइतबार बिहान ९ बजे काफ्लेलाई जन्तीको गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट खुट्टा भाँचिएका काफ्लेलाई प्रतिष्ठानमा भर्ना गरेपनि चिकित्सकले उपचारमा वेवास्ता गरेको आफन्तको आरोप छ । दिउँसो २ बजेपछि मात्र आईसियू खाली नभएको भन्दै रिफर गरिएको मृतकका छोरा सिताराम काफ्लेले बताए। 

मृतकका आफन्तले लापरबाही भएको भन्दै आकस्मिक कक्षभित्रै विवाद गर्न थालेपछि सुरक्षा गार्डले गोली हान्ने धम्की दिएपछि गार्ड र आफन्तबीच तनाव भएको हो। 

आकस्मिक कक्षमा तनाव हुँदा अस्पताल सेवामा करिब आधा घन्टा प्रभाव परेको थियो। प्रतिष्ठानको व्यवस्थापनले भने यो विषयमा केही बोलेको छैन।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.