लागूऔषधसहित पक्राउ परे दम्पती
काठमाडौँ : प्रहरीले लागू औषधसहित दम्पतीलाई काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका–२ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी पत्नी २७ वर्षीया निलु अवस्थीलाई नियन्त्रित लागूऔषध डाइजेपाम र फेनारगन ३० एम्पुलसहित शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले बिक्री लागि उक्त लागूऔषध कोठामा लुकाएर राखेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको टोलीले दुवैजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।