गोरखाबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि बेपत्ता
गोरखा : गोरखाको लापुबेसीबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन रहेको छ। लापुबेसीबाट शुक्रबार बिहान ७ बजे काठमाडौको हिंडेको बस सम्पर्कविहीन भएको हो।
ना ४ ख२२७० नम्बरको बस बस राती १० बजे खानी खोला हुँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कमा नभएको डिएसपी रमेश श्रेष्ठले जानकारी दिएका छन्।
बसमा कति यात्रु कति थिए भन्ने एकिन विवरण नभएको उनले बताए। अहिले प्रहरी तथा यातायात व्यवसायी मिलेर खोजी कार्य भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !