संघीयता नयाँ खेल हो, च्याम्पियन हुनुपर्छ : प्रधानमन्त्री ओली

संघीयता नयाँ खेल हो, च्याम्पियन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नयाँ खेल भए पनि यसमा च्याम्पियन बन्नुपर्ने बताएका छन्।  आइतबार प्रदेश परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘खेलमा पस्ने बित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन। अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ। हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसमा हामी च्याम्पियन सावित हुनुपर्छ।’

ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकाले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्नेमा जोड दिए। ‘मुख्यमन्त्रीको कार्यलय, प्रदेश मन्त्रीको कार्यलय, आवास जस्ता कुरा केही समयअघि हाम्रो सोचमा थिएनन्’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले तिनलाई व्यवहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस भएको छ।’ 

उनले संघीयता कार्यन्वयनका लागि सरकारले गति बढाउनु पर्नेमा जोड दिए। ‘हामी गलत बाटोमा गएका छैनौँ। संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ’, प्रधानमन्त्री ओलीले भने। संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा उनको जोड छ।

आइतबारको  बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धारणा राखे। 

बाँकी तीनवटा प्रदेशका मुख्यमन्त्रीले सोमबार धारणा राख्ने छन्। सोमबार १० बजेका लागि फेरि बैठक बोलाइएको छ। 

आइतबारको बैठकमा संघीयता कार्यन्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामका विषयमा प्रधानमन्त्री कार्यलय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवले  जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.