महानगर बजेट मात्रै छुट्याउँछ

महानगर बजेट मात्रै छुट्याउँछ

काठमाडौं : महानगरपालिकाले यस वर्ष सहरी पूर्वाधार विकास कार्यक्रमतर्फ चार अर्ब ६० करोड ७१ हजार रुपैयाँ छुट्यायो। तर योजनाअनुसार काम गर्न सकेन। महानगरका योजनामा आफ्नै भवन निर्माणदेखि वडा कार्यालय निर्माण, रानीपोखरी पुनर्निर्माण तथा सौन्दर्यीकरण, रानीबारी विकास तथा निर्माण, सार्वजनिक जग्गा संरक्षण, आकासे पुल, फुटपाथ निर्माण, खोला किनारमा नदी नियन्त्रण र ट्र्याक निर्माणलगायत छन्। यी अधिकांश योजना कागजमा मात्रै सीमित छन्।

रानीपोखरी पुनर्निर्माण अलपत्र छ। यसले गति लिन सकेको छैन। नयाँ आकासे पुल पनि एउटै बनाइएको छैन। सार्वजनिक जग्गा संरक्षण गरिएको छैन। फुटपाथ थपिएको छैन। आफ्नै भवन बनाउने जग्गा हुँदाहुँदै पनि अहिले महानगरपालिका भाडाको भवनमा सञ्चालित छ।

मेयर, उपमेयर, प्रशासकीय अधिकृतलगायत योजना अधिकारी नै भाडाको भवनमा बस्दै आएका छन्। भूकम्पबाट क्षतिग्रस्त वागदरबार भत्काएर नयाँ बनाउन महानगरले ४० करोड रुपैयाँ छुट्याएको छ। तर बनाउने सुरसार छैन। सडक फुटपाथका लागि केन्द्रीय योजना र जनसहभागितामा आधारित गरी दुई शीर्षकमा ३८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। तर भित्री अधिकांश सडकमा पेटी थपिएको छैन।

पार्क तथा हरियाली प्रवद्र्धन कार्यक्रमतर्फ महानगरपालिकाले ९ करोड १४ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। तीनकुनेमा बुद्ध पार्क निर्माणदेखि खुला क्षेत्रमा वृक्षरोपण कार्यक्रम, कलंकी–त्रिपुरेश्वर–कोटेश्वर सडकखण्डसँगै कोटेश्वर–बाँसबार र कमलपोखरी–गौशाला सडकखण्डमा हरियाली प्रवद्धन गर्ने योजना योजनामै सीमित छ।

काम गर्न योजनाअनुसार बजेट छुट्याइए पनि काम हुन नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्विकारे। ‘योजनामा परेका केही कार्यक्रमको प्राविधिक र आर्थिक पक्षको लागत अनुमान बनाइसकेका छौं’, उनले भने, ‘अब टेन्डर प्रक्रियामा जाने बेला भएको छ।’

सार्वजनिक खरिद प्रक्रियाअनुसार जाँदा योजनामा परेका काम समयमै सम्पन्न गर्न नसकिएको कार्कीले बताए। ‘पाँच लाखभन्दा माथिका योजना खरिद प्रक्रियामा जानुपर्छ। यो प्रक्रिया सक्न तीन महिना लाग्छ’, उनले भने, ‘सीधै टेन्डरमार्फत जाँदा काम छिटो हुन्छ। हात बाँधेर काम छिटो गरेन मात्रै भनेर हुँदैन।’

महानगरले कहाँ कति बजेट छुट्यायो ?

महानगर भवन – ४० करोड

वडास्तरीय भौतिक पूर्वाधार विकास – ७५ करोड

वडा कार्यालय भवन निर्माण –२५ करोड

रानीपोखरी पुननिर्माण – १७ करोड

आकासे पुल – १२ करोड

सार्वजनिक जग्गा संरक्षण – २ करोड

सडक फुटपाथ – ६५ करोड

ढल निर्माण –१३ करोड

बालाजु पार्क निर्माण – ३ करोड

खोला नदी किनारामा ट्याक निर्माण – ५ करोड

तीनकुने बुद्ध पार्क निर्माण – २ करोड

इँटाढुंगा छाप्न – १५ करोड


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.