नयाँ टाटा टिगोर बजारमा, यस्तो छ मूल्य र विशेषता

नयाँ टाटा टिगोर बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ टाटा टिगोर भित्र्याएको छ। गत वर्ष सार्वजनिक गरिएको टिगोरको यो फेसलिफ्ट हो। टिगोरलाई केही परिमार्जित गरेर डिसेम्बर २ देखि नेपाली बजारमा ल्याइएको छ।

यसले पनि पुरानो गाडी जतिकै सफत हुने कम्पनीको विश्वास छ। ग्राहकको प्रतिक्रिया तथा सुझाव समावेश गरिएको टिगोर उच्च स्तरिय भएको कम्पनीको दाबी छ। यसलाई द सेडान फर द स्टार नाम दिइएको छ। पावर र पफर्मेन्समा नयाँ र पुरानो टिगोरमा तात्विक भिन्नता छैनन्। यसमा पनि पुरानो टिगोरजस्तै तीन सिलिन्डर भएको ११९९ सीसीको इन्जिन छ। यसको बाहिरी र भित्री भागमा थप मिहिनेत गरिएको छ। 

यसले गाडी आकर्षक देखिएको छ। टिगोरको कटिङएजमा दिएको क्रोमसेट यसले प्रिमियम लुक्स प्रदान गर्छ।  यसको फ्रन्ड ग्रिल बोल्डर डिजाइनको छ। उच्च भिजिविलिटीका लागि प्रोजेक्टर हेडल्याम्स र क्लियर लेन्स टेल ल्याप्स राखिएको छ। 

क्रमसेट, अलोय ह्विल, सार्क टेलले गाडीलाई थप आकर्षित बनाएको छ। ५ इन्चको टच स्क्रिनलाई बढाएर ७ इन्च बनाइएको छ। यसमा भ्वाइस कमाण्ड, मल्टी ड्राइभ मोड, ४ वटा स्पिकर र ४ वटा ट्विटर, इलेक्ट्रोनिक फोल्डिङ मिरर लगायतका फिचर्स छन्। 

यसमा हार्मन कार्डनको इन्फोटेन्टमेन्ट सिस्टम छ। नयाँ यसमा रहेको लेदर सिट कभर र फाइन फिनिसिङले प्रिमियम फिल दिने कम्पनीको दावी छ। नयाँ टिगोर वेस लेभवदेखि नै डूवल एअर ब्यागमा उपलब्ध छ। यसले एअर ब्यागका लागि फुल अप्सनमा जानुपर्दैन।यसअघि एक्सजेट र एक्सजेट प्लसमा मात्र एअर व्याग थियो। 

टिगोर ६ रंगमा उपलब्छ। सिल्भर, ह्वाइट, ब्राउन, रेड, ग्रेयका साथै ब्लू  यसमा चार सय १९ लिटर बराबरको बुट स्पेस छ। नेपालमा उपलब्ध कम्प्याक्ट सेडानमध्येमा यसको बुट सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ।

१.२ लिटर सीसी रेभोर्टोन पेट्रोल इन्जिनको यस गाडीले ६ हजार आरपिएममा ८५ हर्स पावर शक्ति र ३ हजार ५ सय आरपिएममा १ सय १४ एनएम टर्क दिन्छ। यसको लम्बाइ ३९९२ एम,चौडाइ १६७७, उचाइ १५३७ एमएम छ। ह्लिव वेस २४५० एमएमको गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएमको छ।यसको सुरुवाती मूल्य २७ लाख ५५ हजार रुपैयाँ तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.