भेन्टिलेटर नपाएपछि ज्यान गयो

भेन्टिलेटर नपाएपछि ज्यान गयो

सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको मृत्यु भएपछि आइतबार दिउँसो तनाव भएको छ। बराहक्षेत्र–१० प्रकाशपुरका ८६ वर्षीय लीलाबहादुर काफ्लेको उपचारका क्रममा ज्यान गएपछि आफन्तले चिकित्सकसँग विवाद गरेका थिए। चिकित्सकले उपचारमा बेवास्ता गरेका कारण ज्यान गुमाउनुपरेको उनीहरूको भनाइ थियो।

गाडीको ठक्करबाट काफ्लेको खुट्टा भाँचिएपछि अत्यधिक रक्तस्राव भएको थियो। चिकित्सकले भेन्टिलेटर खाली नरहेको भन्दै अन्यत्र लैजान रेफर गरेका थिए। अन्तिम अवस्थामा मात्र भेन्टिलेटर खाली नभएको जानकारी दिएको लीलाबहादुरका छोरा सीतारामले बताए। ‘समयमै भनेको भए हामी अन्यत्र लैजान्थ्यौं’, उनले भने, ‘अन्तिम अवस्थामा मात्र भेन्टिलेटर छैन भने। खुट्टा मात्र भाँचिएका बुवालाई गुमाउनुपर्यो।’

मृतकका आफन्तले आकस्मिक कक्षमा विवाद गर्न थालेपछि सुरक्षा गार्डले रोकेका थिए। तर, गार्डले गोली हान्ने धम्की दिएको भन्दै मृतकका आफन्त आक्रोशित भएका थिए। उनीहरूका मागअनुसार सेक्युरिटी कम्पनीका प्रतिनिधिले माफी मागेको प्रतिष्ठानस्थित प्रहरी बिटका इन्चार्ज सइ तिलक गिरीले बताए।

अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले बिरामीको मृत्यु हुनुमा अस्पतालको दोष नरहेको दाबी गरे। ‘अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो’, उनले भने। भेन्टिलेटर नहुँदा पटक–पटक समस्या हुने गरेको छ।

प्रतिष्ठानको मेडिसिन विभागको युनिट २ वार्डमा लिफ्ट ६ महिनादेखि बन्द छ। त्यसले गर्दा पनि आकस्मिक कक्षमा बिरामीको चाप बढेको र यस्ता समस्या आउने गरेको सहायक अस्पताल निर्देशक डा. विकास साहले बताए। ‘यहाँ एकातिर भेन्टिलेटरको कमी छ अर्कातिर मेडिसिन २ सञ्चालन हुन नसक्दा यस्तो समस्या बढेको छ’, उनले भने, ‘यो विषयमा छलफल गरेर समस्याको समाधान गरिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.