बलात्कारका दोषी ३० वर्षपछि जेल चलान

बलात्कारका दोषी ३० वर्षपछि जेल चलान

ताप्लेजुङ :  बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अअदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो। 

लिम्बु विरुद्ध वि.सं २०४५ सालमा बलात्कारको मुद्दा दर्ता भएको थियो। त्यसको २ वर्षपछि वि.सं २०४७ सालमा जिल्ला अदालतले २ वर्ष कैद र ३ हजार ६२ रुपैयाँ ५० पैसा जरिवानाको फैसला सुनाएको थियो। 

‘यतिका वर्षसम्म गाउँमै बसेका रहेछन्,’ जिल्ला प्रहरीका कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले भने,‘फरार अभियुक्तहरुको खोजी गर्ने अभियान अन्तर्गत पक्राउ गर्न सफल भयौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.