फुङलिङमा पुस ७ देखि मेयरकप भलिबल

फुङलिङमा पुस ७ देखि मेयरकप भलिबल

ताप्लेजुङ : फुङलिङ नगरपालिकाले प्रथम मेयर कप भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको छ। लिम्बूको पर्व चासोक तङ्नाममा (पुस ७ गते) सुरु गरी गुरुङको पर्व तमु ल्होसार(पुस १५ गते) समापन गर्ने नगरपालिकाको तयारी छ।

संस्कृति र परम्परालाई खेलकुद क्षेत्रसँग जोड्ने उद्देश्यसहित जिल्लाका प्रमुख दुई जातिको सांस्कृतिक पर्वलाई समेटिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए। नगरकार्यपालिकाको १८ औं बैठकले प्रतियोगिता सञ्चालनका बारेमा गरेको निर्णय पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । 'सबै समुदायको संस्कृति, परम्पराको नगर सरकार सम्मान गर्दछु', नगर प्रमुख प्याकुरेलले पत्रकार सम्मेलमा भने,'सामाजिक पहिचानको रुपमा रहेका चासोक तङ्नाम, तमु ल्होसार, ग्याल्वो ल्होसार, सोनाम ल्होसार जस्ता चाडको सम्मान र प्रवद्र्धनमा हामी लागिपरेका छौं।'

प्रतियोगिता सञ्चालनका लागि 'प्रथम मेयर कप भलिबल खेल सञ्चालन मार्गदर्शन २०७५' समेत पारित गरिएको छ। जस अनुसार मेयर कपमा नगरपालिकाका ११ वडाका एक एक टीम सहभागी हुनेछन्। बिजेताले ३ सय तोला चाँदी र २ तोला सुन जडित कपसहित नगद ७५ हजार रुपैँया पुरस्कार पाउने खेल संयोजक पदमसुन्दर पालुङ्वाले जानकारी दिए।  

उप-बिजेता नगद ५० हजार र तृतीयले नगद २५ हजारसहित मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै वेस्ट प्लेयरतर्फ स्पाइकर, लिफ्टर, अल राउण्डर, लिब्रो र ब्लकरलाई समेत जनही नगद ५ हजारका दरले पुरस्कृत गरिने पालुङ्वाले बताए । खेल सञ्चालनका लागि १० लाख रुपैयाँ लाग्ने अनुमान नगरपालिकाको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.