घोडा रथ लिएर अयोध्याबाट जनकपुरमा जन्ती आइपुग्यो
जनकपुरधाम : भारत उत्तर प्रदेशको अयोध्याबाट घोडा रथ लिएर साधुसन्त जन्तीको रूपमा धनुषा आइपुगेका छन्। केहिबेर अगाडी दुई घोडा रथ र एक दर्जन बढी गाडीसहित सयौंको संख्यामा साधुसन्त आइपुगेका हुन्।
युवालाई सजाएर बनाइएको राम, लक्ष्मण, शंकर, हनुमानसहित साधुसन्त जन्ती आएका हुन्। जन्तीलाई मिथिलखको संस्कृति अनुसार अहिले नगराईन नगरपालिकास्थित राजेश्वर निधि माविमा स्थानीयले स्वागत गरिरहेका छन्। बाजागाजा र स्थानीय महिला गीत गाएर जन्तीलाई स्वागत गरिरहेको स्थानीय विन्देश्व मण्डलले जानकारी दिए।
हात्ती र ऊँट लिएर पनि जन्ती आउँदै छन्। हात्ती र ऊँट पछाडी परेको र साँझसम्म आइपुग्ने जन्ती आएका साधुसन्तले बताए। जन्तीलाई स्वागत गर्न जनकपुरका विभिन्न मन्दिरका साधुसन्त र नेताहरु समेत आइपुगेका छन्।
प्रतिक्रिया दिनुहोस !
४