अभिनेत्री सिर्जना र पदम बैवाहिक सम्बन्धमा
काठमाडौं : अभिनेत्री तथा रंगकर्मी सिर्जना सुब्बा फिल्मकर्मी पदम सुब्बासँग बैवाहिक सम्बन्धमा बाँधिएकी छन् ।
संस्कृतिकर्मी यो जोडीको बिवाह लिम्बू संस्कार अनुसार पछिल्लो साता सम्पन्न भएको हो । केही वर्षयता प्रेम सम्बन्धमा रहँदै आएका सिर्जना र पदमले केही साताअघि नै सामाजिक संजाल मार्फत घुमघामका तस्बिर सार्वजनिक गर्दै बिहे हुँदै गरेको संकेत दिएका थिए ।
दर्जनौँ फिल्म र नाटकमा अभिनय गरिसकेकी सिर्जना १० वर्षयता अभिनयमा सक्रिय छिन् । केही मातृ भाषाका फिल्ममा समेत अभिनय गरेकी सुब्बाले अभिनयमा मालिकताको प्रभाव छोड्ने प्रयास गर्दै आएकी छन् ।
फिल्म तथा बृत्तचित्र निर्माणमा सक्रिय पदम सुब्बा फिल्मकर्मी नवीन सुब्बाका भाई समेत हुन् । विशेषगरी बैकल्पिक धारको फिल्म तथा बृत्तचित्र निर्माणमा पदम एक दशकयता सक्रिय रहँदै आएका छन् ।