यस्तो छ कर्मचारी समायोजन अध्यादेश (पूर्णपाठ)
काठमाडौं : कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेकी छन् । सोमबार (आज) राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनी रुप लिएको छ । संसदलाई छलेर ल्याइएको अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजन हुन पर्ने व्यवस्था छ ।
अध्यादेश पारित भएसँगै अब श्रेणीविहीनदेखि सह-सचिवसम्मका कर्मचारी समायोजन प्रक्रियामा सामेल हुनेछन् । अध्यादेश अनुसार समायोजनमा सामेल हुने कर्मचारीको दुई ग्रेड थप गरिने छ ।
समायोजन प्रक्रियामा निजामतीतर्फ ८७ हजार र स्थानीय तहतर्फ १७ हजार कर्मचारी सहभागी हुँदैछन् । अध्यादेशमा प्रदेश प्रमुख तथा प्रदेश मन्त्रालयमा सम्भव भएसम्म जेष्ठताको आधारमा खटाइने व्यवस्था गरिएको छ ।
के छ त कर्मचारी समयोजन अध्यादेशमा ?