वनको क्यामरामा चितुवा कैद

वनको क्यामरामा चितुवा कैद

दमौली : एक महिनाभित्रै दुईजनाको ज्यान जाने गरी आक्रमण भएपछि भानु नगरपालिका २ स्थित मझुवाओख्ले सामुदायिक वनमा खोजी थालिएको नरभक्षी चितुवा वनको निगरानीमा आएको छ।

साता दिनभन्दा बढीदेखि खोजी थालिएकोमा आइतबार चितुवा वनको निगरानी क्यामेरामा भेटिएको हो। वनका विभिन्न भागमा चितुवाका गतिविधि अवलोकनका लागि प्राविधिकले क्यामरा जडान गरेका थिए।

वन डिभिजन प्रमुख केदार बरालका अनुसार यसअघि ज्यान गुमाएका बालक सुमन गुरुङमाथि आक्रमण भएकै क्षेत्रको क्यामेरामा चितुवाका गतिविधि रेकर्ड भएको छ। 'ढलेबर क्षेत्रको क्यामेरामा चितुवाका गतिविधि भेटिएको छ', वन अधिकृत बरालले भने, 'यसले हामीलाई चितुवा नियन्त्रणमा सहज हुनेछ।'

चितुवाको खोजी र नियन्त्रणका लागि वनरक्षक, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोली केही दिनयता सक्रिय छ। चितुवालाई पक्रन खोरसहित बाख्रा राखिए पनि चितुवा खोरमा परेको छैन।

१० पासो थापिँदै
वनको सघन खोजी जारी रहे पनि चितुवा अझै पक्रन नसकिएको भन्दै आलोचना भइरहेको छ। बाख्र्रासहितको खोर राखिए पनि चितुवा त्यसमा परेको छैन। अब वनले विभिन्न भागमा पासो थापेर भए पनि चितुवा पक्रने तयारी गरेको छ। '१० वटा पासो बनाउन अर्डर दिएका छौं', वन डिभिजन प्रमुख बरालले भने,'चितवनबाट आउनासाथ राख्नेछौं।'

जतिसुकै निगरानी र गस्ती गरे पनि चितुवा नियन्त्रणमा नआएकाले सम्भावित गतिविधि भएका क्षेत्रमा पासो राख्ने तयारी गरेको बरालले बताए। 

चितुवाबाट जोगिन कक्षा
वन डिभिजनले एनजिओ नेटवर्कसँगको सहकार्यमा स्थानीय विद्यालयमा वन्यजन्तुबाट जोगिने उपायबारे सचतेनामूलक प्रशिक्षण दिएको छ।डिभिजन प्रमुख बराल र नेटवर्कका महासचिव राजेश्वर हड्खलेले भानु २ को जनज्योति मावि तुरतुरेका एक सय २० बालबालिकालाई प्रशिक्षण दिएको हो।

प्रशिक्षणका क्रममा साँझ बाहिर नखेल्न, झाडी सफाइ बत्ती बाल्न तथा विद्यालय जाँदा सुरक्षा अपनाउन सुझाव दिइएको बरालले बताए। 

स्थानीयमा बढ्दो त्रास
कात्तिक २९ गते चितुवाले घरमै आक्रमण गर्दा भानु ४ मै जोखानीमा एक बालिकाले ज्यान गुमाइन् । उनको मृत्युको घटना सेलाउन नपाउँदै फेरि घरमै खाना खाएर चुठ्दै गरेका सुमन गुरुङले ज्यान गुमाउनु पर्‍यो।

गत मंसिर ८ गते चितुवाको आक्रमणबाट घाइते सुमनको सोही दिन राति ज्यान गएको थियो।लगातार चितुवाको आक्रमणका शृंखला बढेपछि प्रशासनमाथि पक्रन दबाब परेको छ।

भानु  नगरपालिकाल चितुवा पक्रनेलाई पुरस्कारसमेत घोषणा गरेको छ। नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवालाई नपक्रँदासम्म स्थानीय त्रासमै रहेकाले यस कार्यमा नगरपालिकाले पनि साथ दिएको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.