मोरङको नयाँ बजारमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

मोरङको नयाँ बजारमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

विराटनगर : मोरङको कटहरी गाउँपालिका- ४ नयाँ बजारमा ट्याक्टरको ट्रली र इन्जीन जोड्ने हिच भाँचिदा सोमबार दिउँसो सहचालकको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ त ३७६८ नम्बरको ट्याक्टरको ट्रली र इन्जीन जोड्ने हिच भाँचिदा सोही ट्याक्टरका सहचालक स्थानीय २२ वर्षीय महमद साकुला घाइते भएका थिए।

साकुलाको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेकाले खोजी थालिएको प्रहरीले जानकारी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.