इस्लिङटन कलेजका २ सय ९१ विद्यार्थी दीक्षित

इस्लिङटन कलेजका २ सय ९१ विद्यार्थी दीक्षित

काठमाडौँ : लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनप्राप्त   कमलपोखरी इस्लिङटन कलेजबाट स्नातक गरेका २ सय ९१ विद्यार्थी  दीक्षित भएका छन्। काठमाडौँमा आयोजित समारोहमा विश्वविद्यालयका भाइस चान्सलर प्रो डोमेनिक पामर ब्राउनले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका हुन्।

दिक्षान्त समारोहमा बोल्दै प्रो भाइसचान्सलर ब्राउनले विदेशी विश्वविद्यालयको कोर्ष  अध्ययन गराएको इस्लिङटनले कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरेका छन्।आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा लिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको  बताए। कलेजले आगामी दिनमा थप नयाँ योजना अघि बढाउने जानकारी गराउँदै उनले भने, ‘हामी विश्वस्तरको शिक्षा दिन सफल भैसकेका छौँ, अब रोजगार सहितको शिक्षा दिनेछौँ।’

सूचना र प्रविधिमा आधारित कलेजको शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै  उनले भने, ‘अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौँ।’

विद्यार्थीको जीवनशैलीलाई परिवर्तन गर्न र उत्कृष्ट रोजगारी हासिल गर्न सूचना र प्रविधियुक्त शिक्षा उपलब्ध गराउने उनले बताए। 
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.