बीडीसीए क्रिकेटमा कालाशैनी च्याम्पियन, एनसीसी ९ रनले स्तब्ध

बीडीसीए क्रिकेटमा कालाशैनी च्याम्पियन, एनसीसी ९ रनले स्तब्ध

बैतडी : बैतडीमा जारी बीडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १८ औं संस्करणको उपाधि कालाशैनी क्रिकेट क्लबले हात पारेको छ। सोमबार सम्पन्न फाइनल खेलमा निंगलाशैनी क्रिकेट क्लब (एनसीसी) लाई ९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो।

उपाधिसँगै कालाशैनीले ३० हजार पुरस्कार पाएको छ भने उपविजेता एनसीसीले २० हजार पुरस्कार पाएको छ।

बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कालाशैनी १८ ओभर ५ बलमा १०९ रनमा समेटियो। जसमा  गोकर्ण चन्दले ३३ तथा सन्तोस चन्दले २० रन जोडे।

एनसीसीका सुरेन्द्र बोहरा र दीपेन्द्र ऐरीले समान दुई दुई विकेट हात पारे। ११० रनको लक्ष्य पन्छाएको एनसीसी १ सय रनमा अलआउट भयो। दीपक बोहराले २६ तथा गजेन्द्र बोहराले १८ रन बनाएपनि हार टार्न सकेन।

एनसीसीको पारी ध्वस्त पार्ने क्रममा कालाशैनीका जगदीश चन्द र सन्तोष चन्दले समान ३/३ विकेट हात पारे। कालाशैनीका सन्तोस चन्द म्यान अफ द फाइनल चुनिए। 

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १३७ रन जोड्दै तथा १४ विकेट हात पारेको एनसीसीका दीपेन्द्र बहादुर ऐरी उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द सिरीज भए। उनले ५ हजार पुरस्कार पाए। 

एनसीसीकै लागि प्रतियोगिताभर ३१२ रन बनाएका दीपक बोहरा उत्कृष्ट ब्याट्सम्यान भए। कालाशैनीका लागि १७ विकेट हात पारेका सन्तोष चन्द बेस्ट बलर चुनिए। 

प्रतियोगितामा विजेता/उपविजेता टोलीलाई बैतडी जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए। 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न भएको प्रतिगोगितामा १९ टोली सहभागी रहेका थिए। बीडीसीए  कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागि जिल्लाबाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.