करिब एक करोडको सुनसहित पक्राउ

करिब एक करोडको सुनसहित पक्राउ

नुवाकोट : गोप्य बाटो हुँदै तस्करी गरेर ल्याइँदै गरेको अवस्थामा रसुवामा एक करोड मूल्य बराबरको अवैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैधरुपमा लुकाइछिपाइ चीनको तिव्वतस्थित केरुङबाट पैदल हुँदै नेपाल भित्राइएको दुई किलो सुनसहित रसुवा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। 

रसुवाको सदरमुकाम धुन्चेमा अवैध सुनसहित पक्राउ पर्नेमा रसुवाकै गोसाईकुण्ड गाउँपालिका-१ थुम्मनका ३७ वर्षीय निमादोर्जे तामाङ रहेको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

स्याफ्रुवेशीबाट यात्रु बोकेर काठमाडौतर्फ जाँदै गरेको ना१ज ६१७६ नम्बरको टाटासुमोमा अवैध सुन लुकाइछिपाइ ल्याएको गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा सदरमुकाम धुन्चेबाट सुनसहित तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए। 

उनले भने,' हाम्रो नियमित चेकजाँच पनि भइरहेको हुन्छ, विशेष सूचना पनि आयो, सोही सूचनाको आधारमा चेकजाँच गर्दा हामीले पक्राउ गरेका हौं।'पक्राउ परेका युवाले मालागढी-नागथली पैदल मार्ग हुँदै सुन नेपाल भित्र्याएर टाटासुमोको टिकट काटेर काठमाडौ जान लागेको अवस्थामा पक्राउ गरिएको हो।

सडकमार्ग रहेको रसुवागढी नाक नभई नजिकै अर्को पैदल नाकावाट सुन भित्रिएपछि रसुवामा अवैध गोप्य नाकाहरु रहेको रहस्य खुलेको छ। युवाको साथबाट बरामद गरिएको सुनको मूल्य मंगलबारको दररेट अनुसार ९१ लाख रुपैयाँ बराबरको रहेको रसुवा प्रहरीले जनाएको छ। 

रसुवागढी नाकामा कडाई गरिएसँगै पाँच किलोमिटर परको मालागढीबाट सुन तस्करी हुने गरेको खुलासा भएको छ। पक्राउ परेका युवालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललीतपुर पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए।

सोमबार बरामद गरिएको २ किलो सुन निमा दोर्जे तामाङले मालागढी नाका हुँदै काठमाडौं लैजान लागेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक तामाङले बताए। मालागढी नाकाबाट सुन तस्करी हुने गरेको खुलासा भएसँगै केही साताभित्रै सो नाकामा समेत सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षापोस्ट स्थापना गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
 
'अब चाँडै पोस्ट खडा गरी निगरानी बढाउँछौं', प्रजिअ पौडेलले भने। भाडाका सवारी प्रयोग गरेर हुन सक्ने तस्करीका लागि सुरक्षाकर्मी परिचालन गरी पेट्रोलिङ गस्ती बढाउनुका साथै अवैधरूपमा हुनसक्ने तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीलाई तालिम प्रदान गरिरहेको पनि पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.