घुम्ती शिविरमा ५ सय ८ ले पाए नागरिकता

घुम्ती शिविरमा ५ सय ८ ले पाए नागरिकता

भोजपुर : भोजपुर सदरमुकामदेखि २ दिन पैदल दूरीमा रहेको साल्पासिलिछो गाउँपालिकास्थित विभिन्न वडाको केन्द्रमा सञ्चालन गरिएको घुम्ती शिविरबाट गाउँपालिकाका ५ सय ८ जनाले नागरिकता लिएका छन्।

नागरिकता बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरको नेतृत्वमा गाउँपालिकाको सहयोग र समन्वयमा आयोजना गरिएको घुम्ती शिविरमा गाउँपालिकाका दोभाने, खाटम्मा, चौकीडाँडा र कुलुङका नागरिकले घरआगनमै निःशुल्क सेवा पाएका हुन्। 

घर आगनमै नागरिकता बनाउन पाएपछि सदरमुकाम धाउने खर्च जोहो भएको खाटम्माका स्थानीय समिक्षा राईले बताइन्। 'नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने, मंहगो पैसा तिरेर होटलमा बास बस्नुपर्ने समस्या टरेको छ।' उनले भनिन्, 'हाम्रो जस्तो विकट ठाउँका जनतालाई यो शिविर बेलाबेला भइराखे धेरै राहत हुनेथ्यो।हप्तौं दिन लगाएर सदरमुकाम धाउनुपर्ने थिएन।'

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको नेतृत्वमा सञ्चालित चार दिने घुम्ती शिविरमा भौगोलिक रुपले विकट भेगबाट कष्टकर बाटो धाउने नागरिकलाई ठूलो राहत पुगेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत ईश्वरप्रसाद भट्टले बताए।

उनका अनुसार एक सय ३६ जना नागरिकले नागरिकताका साथै मतदाता परिचयपत्र समेत बनाएका छन्।गाउँपालिकाका अध्यक्ष महेश राईले जनताले आफ्नै गाउँमा नागरिकता लिन पाउँदा जिल्ला प्रशासनको अगुवाईप्रति आभार प्रकट गरे। भने, 'हाम्रो जस्तो दूरदराज विकट इलाकामा शिविरबाट सरकारी सेवाको सुविधा पाउनु अहोभाग्य हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.