ल्होसारमा बिदा माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
ताप्लेजुङ : तमु ह्युल छोज् धी गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले गुरुङ, शेर्पा र तामाङ साुदायका पर्व ल्होसारमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष एनबी लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउन भन्दै ज्ञापनपत्र बुझाएको हो ।
गुरुङ समुदायले पौष १५ गते, तामाङ समुदायले माघ ४ गते र शेर्पा समुदायले फागुनमा ल्होसार मनाउने गर्छन् । विगतमा नेपाल सरकारले सीमान्तकृत समुदायहरुले मान्ने चार्डपर्वमा बिदा नदिने चलन थियो ।
राज्यले संविधानको मर्म विपरित जनजातिहरुको पहिचान, अस्तित्व र अधिकारप्रति ठाडो प्रहार गरेकोले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको परिषद्का सचिव देवराज गुरुङले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।