बेहोस नपारी मस्तिष्क ट्युमरको शल्यक्रिया

बेहोस नपारी मस्तिष्क ट्युमरको शल्यक्रिया

काठमाडौं : बेहोस नपारी शल्यक्रिया गरेर मोहमद सर्फराज रइसको मस्तिष्कको ट्युमर फालिएको छ। २२ वर्षीय रइस छारे (मिर्गी) रोगबाट पीडित थिए। न्यूरो अस्पताल बाँसबारीमो उनको शल्यक्रिया सफल भएको हो।

जाँचगर्दा उनको मस्तिष्कको देब्रेपट्टी बोलीको केन्द्रमा झन्डै चार सेन्टिमिटरको ट्यूमर देखिएको थियो। बोलीको केन्द्रलाई नै पूर्ण रुपमा असर गर्न सक्ने गरी ट्यूमर रहेको अस्पतालले जानकारी दिएको छ।

बेहोस पार्दा बोलीजाने धेरै सम्भावना भएपछि  अवेक क्रानियोटोमी (बेहोस नपारी गरिने मस्तिष्कको शल्यक्रिया) प्रविधिबाट उपचार गरिएको हो। न्यूरो सर्जनले बेहोस नपारी टाउकोका नसा लठ्याएर ट्यूमरको शल्यक्रिया गरेका हुन्। शल्यक्रियाका लागि ६ घण्टा समय लागेको थियो। 

विगत सात महिनामा तीनपटक मुर्छा परेपछि उपचारका लागि  शर्फराज बाँसबारी अस्पताल पुगेका थिए। सफल उपचारपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नयाँ जीवन पाएँ। दैनिकी सामान्य चल्दै छ।’ 

शल्यक्रिया टिमका न्यूरो सर्जन डा. प्रत्यूश श्रेष्ठको अगुवाइमा डा. सुरेश विक, डा. विभूषणकालु श्रेष्ठ, डा. शिखर श्रेष्ठ, डा.सुरज थुलुङ, डा.सुरेश सापकोटा, डा. सुमन रिजाल, वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट नर्सको संलग्नता रहेको थियो।

अस्पतालमा मस्तिष्कको ट्यूमरको शल्यक्रिया स्वर्गीय प्रा.डा. उपेन्द्र देवकोटा हुँदा पनि हुन्थ्यो।  देवकोटाको सहभागितामा गरिएका करिब १० वटा शल्यक्रियाको क्रममा हात खुट्टाको चाल बचाउन गरिएको थियो। बोली बचाउन गरिएको यो अस्पतालकै पहिलो शल्यक्रिया हो। 

विशेष प्रविधि एमआरआइको माध्यमबाट बोलीको ट्रयाक रेखाङ्कन गरिएको थियो। भिडियो ईईजीको माध्यमबाट मिर्गीको केन्द्र ट्युमरको अघिल्लो भागमा रहेको रेखाङ्कन गरिएको डा. श्रेष्ठले बताए।शल्यक्रिया गर्दा बाहिरबाट टाउकाको नसामा नदुख्ने सुई लगाइएको थियो। 

ट्युमर पूर्ण रुपमा निकाली सक्दा सर्पmराजले जिब्रो, हात र खुट्टा राम्रोसँग चलाउन सकेका थिए। शल्यक्रियामा संलग्न चिकित्सकले बेलायतमा यस्ता शल्यक्रिया गरेका न्यूरो सर्जन हेन्री मार्ससँग पनि सल्लाह लिइएका थिए। 

रोगको प्रकृतिअनुसार बिरामीको बोली बचाउन कठिन हुनसक्ने सुझाव डा. मार्सले दिएका थिए। तर उपचार सफल भएकोमा चिकित्सक खुशी भएको अस्पतालकी अध्यक्ष डा. मधु दीक्षित देवकोटाले बताइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.