मापसे गरी चलाउँछन् स्कुल बस

मापसे गरी चलाउँछन् स्कुल बस

विराटनगर : मोरङको विराटनगरस्थित तीनपैनी चोकमा मंगलबार बिहान खचाखच विद्यार्थी बोकेको को.१क ११६३ नम्बरको बसलाई प्रहरीले रोक्यो। बस नमुना विद्या मन्दिरको थियो। अनियन्त्रित तरिकाले हाँकेको देखिएपछि चालक विराटनगर–४ का ३५ वर्षीय अबुर राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चार राजवंशीविरुद्ध ‘अभद्र व्यवहार’ मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। ‘विद्यार्थीले भरिएको बसका चालकले अत्यधिक मापसे गरेको पाइयो’, डीएसपी श्रेष्ठले भने, ‘विद्यार्थीको ज्यान जोखिममा पार्ने हिसाबमा बस चलाउँदै गरेको भेटिएपछि मुद्दा चलाउन बाध्य हुनुपर्यो ।’

यसअघि स्कुलले बसले नै मंसिर १८ गते बिहान पुष्पलाल चोकमा रोकिराखेको ट्र्याक्टरलाई ठक्कर दिएको थियो। विद्यार्थी पुर्याउन हिँडेको अरनिको बोर्डिङ स्कुलको को.१ख १४२० नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीले अनुसन्धान गर्दा चालक विराटनगर–४ का ४३ वर्षीय सुनील ताम्राकारले मापसे गरेको पत्ता लाग्यो। प्रहरीले चालकलाई पक्राउ गरी ‘अभद्र व्यवहार’ मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गर्यो। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

विराटनगरमा विद्यार्थी बोक्ने बसलगायत सवारी साधन मापसे गरेर चलाउने गरेको पाइएको छ। प्रहरीले एक महिनायता आधा दर्जन स्कुलका चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ। डीएसपी श्रेष्ठका अनुसार मापसे गरेर गाडी चलाउँदै गरेको भेटिएका चालकलाई नियन्त्रणमा लिई ‘अभद्र व्यवहार’ मुद्दा चलाउने गरिएको हो।

यस विषयमा सम्बन्धित स्कुल र अभिभावकले पनि सोच्नुपर्ने बेला आएको उनको भनाइ छ। सम्बिन्धत स्कुलले चालकको निगरानी नगरेको उनले सुनाए। ‘बोर्डिङले निगरानी र अभिभावकले वास्ता गरेको पाइएन’, उनले भने, ‘त्यही भएर स्कुलको सवारी साधन चलाउँदा पनि चालकले मापसे गर्ने गरेको पाइयो।’

मापसे गरी गाडी चलाए सवारी साधन तथा कागजपत्र प्रहरीले नियन्त्रणमा लिने र चालकले सचेतना परीक्षा दिनुपर्ने नियम छ। परीक्षामा उत्तीर्ण भएपछि मात्र ट्राफिक नियमअनुसार कारबाही गरी चालकलाई सवारी साधन र कागजपत्र फिर्ता दिने गरिएको डीएसपी कृष्ण खड्काले बताए। ढुवानीका साधन, सार्वजनिक तथा निजी र शैक्षिक संस्थाका सवारी साधनमा निगरानी बढाइएको उनको भनाइ छ।

गत असोज २३ यता मोरङमा १ हजार १ सय ६९ चालक मापसे कारबाहीमा परेका छन्। १ हजार १ सय ६० जनाले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर परीक्षा दिएका छन्। २७ जनाले एप्समार्फत अनलाइनबाट पनि परीक्षा दिएका छन्। तीनचक्केभन्दा माथिका सवारी साधनका १९ चालकलाई ‘अभद्र व्यवहार’ मुद्दा चलाइएको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.