आज राम जानकी विवाह : गंगासागर नुहाउनेको घुइँचो, फोटो
जनकपुरधाम : रामजानकी विवाह पंचमी जनकपुरमा भव्यताका साथ मनाइँदै छ। अहिले जनकपुरस्थित गंगासागर पोखरीमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ।
माता सीताको मटकोर गरिएको ऐतिहासिक गंगासागरमा स्नान गरेर पुजाअर्चना गर्दा पापबाट मुक्ति पाउने जनविश्वास छ। आज मात्रै करिब ५ लाख बढीले गंगासागरमा स्नान गर्ने अनुमान छ।
जनकपुरमा यतिबेला महोत्सवको रौनकता देखिन्छ। नेपाल र भारतका लाखौं श्रद्धालु जनकपुर आइपुगेका छन्।
हेर्नुस् फोटोः
प्रतिक्रिया दिनुहोस !
४