जनकपुरमा जन्तीका लागि पाकेका यी हुन् ३६ परिकार
जनकपुर : रामजानकी विवाहका अवसरमा जनकपुर आउने पाहुनाका लागि ३६ परिकारका खानेकुरा तयार पारिएको छ। भारतको अयोध्याबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित आएको पाहुनाका लागि यति धेरै प्रकारका खानेकुरा तयार पारिएको हो।
परिकारहहरुमा खीर, रोटी, विभिन्न प्रकारका मिठाई, दालदेखि विभिन्न तरकारीहरु रहेका छन् । यी खानेकुराहरू पाहुना लगायत उपिस्थत योगी सन्तमहन्तसहरूलार्इ पनि खुवाइन्छ ।
परिकारको सूची
- राईस जीरा, दाल फ्राइ, मटर पनिर, मिक्स भेज, कोबी फ्राइ, कचौरी/पालक, पुरी, सादा रोटी, खीर, गाजरके हलुवा, सुजीके हलुवा, अमिति, बुनिया, पेडा, काला जामून, ३ प्रकारके रसबरी, तछुवा (पकौडा)
नेपाली अँचार, राइता, पापड, सलाद, दही, राजभोग, बदाम कतली, काजु कतली, मुङ दालके हलुवा, लालमोहन, बदाम रोल, गुलाव जामुन, क्रिम जेरी, मटर पनिर, मलाइ कोपता, बेसन गांता सब्जी र कोबी मटर सब्जी।