भन्सारअधिकृतविरूद्ध भ्रष्टाचारकाे मुद्दा

भन्सारअधिकृतविरूद्ध भ्रष्टाचारकाे मुद्दा

त्रिशूली : रसुवागढीमा ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहरसहित मुद्दा दायर गरिएको छ। घोषणै नगरी सामान पास गरेका कारण रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो।  विभागले ती अभियुक्तविरुद्ध ७५ करोड रुपैयाँ मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको छ। ठूलो मात्रामा अनियमितता भएको दाबीसहित रसुवा भन्सारका तत्कालीन अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको हो।

पुल्चोकस्थित विभागले साउनमा रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृत पवित्रकुमार खड्का र नायव सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठ र सामानधनी रञ्जन त्रिपाठीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको विभागले जनाएको छ।

घोषणा नगरी सामान पास गरेको पाइएकाले जनही १५ करोड रुपैयाँको बिगो र ३ वर्ष कैद मागदाबी गरिएको छ। साउनमा पहिरो र बाटोका कारण नाकामा समस्या आएपछि आफू विदामा बसेकाले केही थाहा नभएको रसुवा भन्सारका प्रमुख भन्सारअधिकृत गोपाल कोइरालाले मंगलबार बताए।

दुई जनालाई मतियारका रूपमा मुद्दा दायर गरिएको छ। जसमा लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र गाडीचालक डम्बरबहादुर श्रेष्ठ छन्। उनीहरू दुवैविरुद्ध जनही सात करोड ५९ लाख रुपैयाँ बिगो र डेढ वर्ष कैद मागदाबी गरिएको छ। उनीहरूको ‘सेटिङ’ मा गत साउन १८ गते रसुवागढीबाट नेपाल भित्रिएको एक ट्रक सामान विभागले नियन्त्रणमा लिएको थियो।

‘एडिडास’ ब्रान्ड उल्लेख भएका ‘गेमसेट’ राखिएको उक्त ट्रक सामान घोषणै नगरी भन्सार पास गराइएको थियो। उनीहरू विभागमा उपस्थित नभएपछि ट्रक तथा ट्रकमा भएका सामानको आधारमा बिगो कायम गरी मुद्दा दायर गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.