मधेश भवनमा आदित्यनाथको भव्य स्वागत
जनकपुर : उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई मधेश भवनमा स्वागत गरिएको छ।प्रदेश- २ का मुख्यमन्त्री लालुबाबु राउतले प्रदेश भवनमा योगी आदित्यनाथलाई दोसल्ला ओढाएर स्वागत गरेका छन्।
कार्यक्रमा प्रदेश मन्त्री र सांसदहरु सहभागी छन्। कार्यक्रममा राजपाका नेता महन्त ठाकुर र राजेन्द्र महतो पनि सहभागी छन्।योगी आदित्य रामसीता विवाह पञ्चमी महोत्सवमा सहभागी हुन् बुधबार उत्तर प्रदेशबाट जनकपुर आइपुगेका हुन्।