वाइडबडीको छानविन गर्न लेखा समितिद्वारा उप-समिति गठन
काठमाडौं : वाइडबडी जहाज खरिदको छानविन गर्न सर्वजनिक लेखा समितिले उप-समिति गठन गरेको छ। बुधबार बसेको समिति बैठकले सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यको उप-समिति गठन गरेको हो।
समितिमा सांसदहरू प्रेम आले, मिना घर्ति, धर्मशीला चापागार्इं, कृष्णलाल महर्जन, प्रदीप यादव र चन्दा चौधरी सदस्य रहेका छन्। नवगठित उप-समितिले १५ दिनको समय सीमा पाएको छ।