स्वयंवरमा जाँदै आदित्यनाथ, सुरक्षामा हेलिकप्टर र ड्रोन क्यामरा उडाइँदै
जनकपुर : बिवाह पञ्चमीको अवसरमा हिन्दु भगवान रामको जन्तीको रुपमा जनकपुर आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ अहिले बिवाह संस्कारको भोज खाएर स्वयंवरमा सहभागी हुँदै छन् ।
आदित्यनाथ स्वयंवरमा सहभागी हुन जानकी मन्दिरमै छन् । यसका लागि जनकपुरको सुरक्षा व्यवस्था अति कडा बनाइएको छ ।
सुरक्षाको लागि हेलिकप्टरबाट निगरानी गर्नुको साथै ड्रोन क्यामरा पनि उडाइएको छ । आर्सियस सिस्टमबाट सुरक्षा दिइएकाे छ । साथै हजारौंको संख्यामा सुरक्षाकर्मी खटाइएको छ । यस्तै तालिमप्राप्त कुकुर पनि खटाइएकाे छ ।