८ वर्षपछि उद्योगमा अधिकृत

८ वर्षपछि उद्योगमा अधिकृत

बेसीसहर : हिमाली जिल्ला मनाङको घरेलु तथा साना उद्योग विकास समितिले ८ वर्षपछि बल्ल उद्योग अधिकृत पाएको छ । २०६७ साउनदेखि यहाँ नायव सुब्बाको भरमा कार्यालय चल्दै आएको थियो।

२०६७ साउन १५ मा उद्योग अधिकृत सरुवा भएपछि ४ जना नायव सुब्बाले कार्यालय प्रमुख भएर कामकाज गरे। २०४९ मा स्थापना भएको कार्यालयमा यसअघि ३ जना मात्र उद्योग अधिकृत आएका थिए।

२०४९ देखि २०६७ सम्म ६ जना प्रमुख फेरिएकोमा ३ जना मात्र अधिकृत आएका हुन्। २०६७ साउन १५ देखि २०७५ मंसिर १९ सम्म सुब्बाकै भरमा कार्यालय चल्यो। 

अहिले ८ वर्षपछि घरेलु तथा साना उद्योग विकास समिति मनाङमा अधिकृतस्तरका कर्मचारी पुगेका छन्। सल्यानबाट सरुवा भएर उद्योग अधिकृत प्रदीप न्यौपाने मनाङ आएका हुन्। पदबहालीसँगै उनले पर्यटन उद्योगको थप सम्भावनाको खोजी गरि नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने बताए।'मनाङमा पर्यटनसँग जोडिएका उद्योगहरुको ठुलो सम्भावना रहेछ', न्यौपानेले भने, 'मेरो कार्यकालमा पर्यटकीय उद्योगलाई टेवा पुग्नेगरी काम गर्छु।'

मनाङमा हालसम्म २ सय ८९ वटा उद्योग दर्ता छन्। चालु आर्थिक वर्षमा मात्रै ११ वटा उद्योग दर्ता भएका छन्। उत्पादनमूलकतर्फ २१, कृषि तथा वनजन्यतर्फ ६१, पर्यटनतर्फ १ सय ६६ र सेवामूलकतर्फ ४१ वटा उद्योग दर्ता भएको उद्योग अधिकृत न्यौपानेले बताए।

उत्पादमूलकतर्फ बेकरी ७, फर्निचर ३, थुप्पा उत्पादन ३ वटा र अन्य ८ वटा दर्ता भएका छन् । कृषि तथा वनजन्यतर्फ पशुपालन ४०, तरकारी ८, स्याउखेती ६, कृषि व्यवसाय प्रवद्र्धन ३, तेल २, जुस १ र वाइन उद्योग एउटा दर्ता छन् ।

पर्यटनतर्फ होटल एन्ड लज १ सय ६६, सेवामूलकतर्फ मिल ३, कम्प्युटर इन्स्टिच्युट २, मर्मत २, कवाडखाना १ र निर्माण ३३ वटा उद्योग दर्ता भएका छन्। मनाङमा पर्यटकीय होटलको संख्या बढिरहेकाले होटल व्यवस्थापन तालिमलगायत कार्यक्रम सञ्चालन गरिने न्यौपानेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.