ललितपुरमा युवती बलात्कारमा संलग्न दुईजना दश महिनापछि पक्राउ
काठमाडौँ : ललितपुरको ग्रामीण वस्ती गोदामचौरमा २०७४ मंसिरमा भएको सामूहिक बलात्कारको घटनाका अभियुक्तहरु जिल्ला अदालतको आदेशमा छुटेको १० महिनापछि पक्राउ परेका छन् ।
२१ वर्षीया युवतीमाथि बलात्कार र ज्यान मार्ने उद्योगको मुद्दामा पाटन उच्च अदालतबाट पुर्पक्षका थुनामा राख्ने फैसला भएको सातापछि फरार भएका विशालध्वज कार्की र पवन कुवँरलाई प्रहरीले बुधबार ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट इन्सपेक्टर सुरज कार्कीको टोलीले टोलीले दुवैजनालाई बुधबार दिउँसो सवा १ बजे पक्राउ गर्न सफल भएको हो । दुवैजनालाई पाटन उच्च अदालतमा पठाउन लागिएको जानकारी महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।