प्रतीतपत्रमा कडाइ गर्दै राष्ट्र बैंक
काठमाडौं : आयात नीति परिवर्तन गर्ने तयारी गरिरहेको सरकारलाई सघाउन राष्ट्र बैंकले पतीतपत्र खोल्न कडाइ गर्ने भएको छ। व्यापार घाटालाई कम गर्न विलाशिताका वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन खोजिरहेको राष्ट्र बैंकले प्रतितपत्र खोल्न कडाइ गर्न लागेको हो।
जुनसुकै वस्तु आयात गर्दा बैंकको कर्जा आयातमा जाने भएकाले राष्ट्र बैंकले त्यस्तो कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रतीतपत्र खोल्न कडाइ गर्न लागेको राष्ट्र बैंक स्रोतले बताएको छ।