‘मानिसले संकट परे पहिलो भगवान, दोस्रो बाबुआमा र तेस्रोमा प्रहरी सम्झन्छ’

‘मानिसले संकट परे पहिलो भगवान, दोस्रो बाबुआमा र तेस्रोमा प्रहरी सम्झन्छ’

ललितपुर : प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले आममानिसको रोजाइमा प्रहरी तेस्रो नम्बरमा रहेको बताएका छन्। कसैलाई कुनै समस्या आइपरे सबै भन्दा पहिला भगवान, दोस्रोमा बाआमा र तेस्रोमा प्रहरीलाई सम्झने गरेको अनुभव साटेका हुन्।  

महानगरीय प्रहरी प्रभाग, कुपण्डोलको भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका क्षेत्रीले यस्तो बताएका हुन्।  ‘आपतको बेला ‘१००’ नम्बरमा गरिने एउटा फोनले एउटा मानिसको जीवनभरी सम्झन योग्य काम प्रहरीले गरेको छ’, उनले भने। 

एउटा घटना सम्झदै उनले भने,  ‘एउटी  महिलाले राति नौ बजे फोन गरेर भनिन्, ‘यो अन्तिम कल हुनसक्छ।’ यत्ति भनेर उनले फोन राखिन्। उनलाई तुरुन्तै सम्पर्क गर्दा फोन बन्द भयो। मोबाइल लोकसनको आधारमा उनको उद्धार गर्न रातको १२ बजे प्रहरी उनको घरसम्म पुग्यो। 

यद्यपी प्रहरीले गरेका यस्ता राम्रा काम सञ्चार माध्यममा नआउने उनले गुनासो गरे। उनले भने, ‘देवतुल्य कामगर्दा पनि दावनरुपमा प्रहरीलाई हेरिन्छ।’ 

क्षेत्रीले प्रहरीले समुन्नती भन्दा सन्तुष्टी लिन सक्यो भने मात्रै पछिसम्म सम्झन योग्य हुन सक्ने बताए। प्रहरीले धेरै अभूतपूर्ण काम गरेको दाबी गर्दै उनले आफूले  गरेको काममा सन्तुष्टी जनाउनुपर्ने बताए। 

क्षेत्रीले उद्घाटन गरेको कुपन्डोल प्रभाग ०३७ सालमा अस्थायी प्रहरी बिटको रुपमा स्थापना भएको  हो। ०७२ मा प्रहरी प्रभागको रुपमा सञ्चालन हुँदै आए पनि पक्की भवन थिएन। 

पक्की भवनको अभावमा टहराबाट सेवा दिँदै आएका प्रहरीलाई १० नम्बर वडा तथा स्थानीयले कार्यालय बनाउन सहयोग गरेको महानगरीय प्रहरी परिषर जाउलाखेलका प्रवतmा शेखर खनालले जानकारी दिए। 

पच्चीस लाख भन्दा धेरै लागतमा बनेको पाँच कोठे भवनमा प्रहरी नायब निरीक्षकको कमाण्डमा १५ कर्मचारी कार्यरत छन्।  ‘सेवाग्राहीलाई पाहुना सम्झनु, प्रहरी कार्यालय होइन, घर जस्तो मान्नुपर्छ’, उनले भने।

वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले ०३७ सालमा प्रहरी ठाना बनेपनि त्यसलाई विभिन्न स्थानमा सारिएको जानकारी दिए। त्यो बेलामा जनताले प्रहरीको महत्व नबुझेको बताउँदै भने, ‘समाजमा प्रहरी नभइनहुने भएकाले प्रभाग बनाउन पहल गरेँ।’ 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.