लोकसेवाले खोल्यो तीन सय अधिकृत, उपसचिव र सह-सचिवको विज्ञापन
काठमाडौं : लोकसेवा आयोगले तीन सय बढीको अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन आह्वान गरेको छ। सहसचिवमा आठजना, उपसचिवमा ४१ र शाखा अधिकृत दुई सय ९४ जनाको विज्ञापन खोलेको आयोगले जनाएको छ।
न्याय, कानुन, सरकारी वकिल, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवा अन्र्तगतको विज्ञापन आह्वान गरेको हो।स्वास्थ्य सेवा र प्रशासन सेवाको रिक्त दरबन्दी विवरण नपाएका कारण विज्ञापन नगरिएको आयोगको भनाइ छ।
संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव सुरेश अधिकारीले समायोजनपछि मात्रै आवश्यक दरबन्दी माग गरिने बताए।