गोइत समूहका ११ नेताले हतियार बुझाए

गोइत समूहका ११ नेताले हतियार बुझाए

राजविराज : मधेसमा भूमिगत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका नेताहरु बुधबार राजनीतिक वार्ता टोलीसमक्ष १३ थान हतियार बुझाउँदै आत्मसमर्पण गरेका छन् ।

१५ सदस्यीय समितिमध्ये ११ जनाले पत्रकार, प्रशासनका अधिकारीको रोहवरमा राजनीतिक वार्ता टोलीसमक्ष सार्वजनिक भएका हुन् । बिहीबार पनि बिराटनगरमा विवेक समूहको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले हतियार बुझाउने कार्यक्रम छ ।

राजविराजस्थित सिडिओ बंगलामा क्रान्तिकारीका अविनाश भनिने उपेन्द्र यादवसहित ११ जना केन्द्रीय सदस्यहरुले वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेलाई हतियार बुझाए ।

वार्ता टोलीका सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने साथै सुरक्षा सम्बद्ध निकायका प्रमुखहरु, सञ्चारकर्मी र अधिकारकर्मीहरुको पनि उपस्थिति थियो ।

अविनाश नेतृत्वको समूहले १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

गोइत नेतृत्वको १५ सदस्यीय केन्द्रीय कमिटीका ११ जनाले २०७५ जेठ ५ गते राजनीतिक वार्ता टोलीसँग वार्ता गर्ने निर्णय गर्दै असोज ६ गते लहानमा वार्ता गरेका थिए । लहानमा भएको वार्तामा ६ बुंदे सहमतिपछि राजनीतिको मूलधारमा आउने निर्णयका साथ हतियार बुझाएको अविनाशले बताए ।

अविनाशसहित प्रदिप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगतसिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मो. सफिर, संजय भनिने देबेन्द्र खडगा, संजयकुमार यादव, शंकर भनिने संजयकुमार यादव, फुलबाबु भनिने फुलकुमार यादव सार्वजनिक भएका हुन् ।

आफुसँग रहेको एउटा हतियार फेला नपरेको भन्दै मोर्चाका संयोजक अविनाशले संवाद र सहमतिबाटै मागहरु पूरा हुने र नेपाली जनताको चाहनाअनुरुप संविधान संशोधन भइ विकास निर्माण र शान्ति स्थापना हुनेमा विश्वास व्यक्त गरे ।

उनले कारागारमा रहेका राजनीतिक बन्दीहरुको रिहाइका साथै शान्ति सुरक्षाका लागि आग्रह समेत गरे । हतियार बुझ्दै संयोजक पाण्डेले सहमतिअनुसार हतियार व्यवस्थापनले संविधान कार्यान्वयनमा सहयोग पुग्ने बताउँदै सुरक्षाको प्रतिबद्धता व्यक्त गरे ।

समूहको १५ मध्ये ११ जना केन्द्रीय सदस्यहरु राजनीतिको मूल धारमा आएकोले जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी समूहका रुपमा नरहेको भन्दै टोलीका संयोजक पाण्डेले शान्ति वार्ताका लागि आह्वान गर्दै जयकृष्ण गोइतलाई पत्राचार गरिएको बताए ।

आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको संविधानसभा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिसमक्ष विगतमा २२ वटा समूहले हतियार बुझाएको जानकारी दिँदै टोलीका सदस्य चौधरीले बाँकी रहेका ४६ मध्ये २५ वटा समूह गतिविधि शुन्य रहेको र संविधान निर्माणपछि कतिपय राजनीतिक मूलधारमा आइ नयाँ राजनीतिक जीवन सुरु गरेकोले २१ वटा समूहसँग वार्ता भएको जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.