यसरी पक्राउ परे बालक अपहरणकारी

यसरी पक्राउ परे बालक अपहरणकारी

 भद्रपुर : सात वर्षका बालक घर अगाडिको आँगनमा साथीभाइसँग खेल्दै गरेको अवस्थामा गत २० गते बिहीबार दिनको १ बजे २ जना अपरिचित व्यक्तिको चंगुलमा फसेँ। 

भारत, बिहार राज्यको सुपोल जिल्ला, किसनपुर घर भएका मोहम्मद सद्दामका सात वर्षीय छोरा मैफुज आलमलाई करिब आधा घण्टादेखि केटाकेटी खेलेको हेरेर बसेका व्यक्तिले नै  बिस्कुट खान दिए। बच्चाको कोही होला आफन्त भन्ने भयो र खासै वास्ता गरिएन। स्थानीय छिमेकी सबु आलमले बताइन्। 

ती व्यक्तिले दिएको बिस्कुट खाएपछि अरु बच्चासँग आलमलाई मोटरसाइकलमा घुमाएर ल्याउँछु भनेर लगे। निकै बेर भइसक्यो बच्चा घरमा आउँदैन। छोरासँगै खेलेका केटाकेटीलाई आप्नो छोरा कहाँ गयो भनी बाबु सद्दाले सोधे। 

अन्दाजी १८,१९ वर्षका केटाले नेपालसँगको सिमाना झापाको गौरीगञ्ज भवानीपुर भन्ने नाकातिर लगेको छ भन्ने अनुमानको आधारमा बालकका बुबाले भारतीय पुलिसलाई जानकारी थिए। मोटरसाइकलमा हाल्ने दुर्इजनालाई भारतीय प्रहरिले २४ गते साँझ समातेको थियो। उनीहरुकै भनाइको आधारमा २४ गते नै भारतीय प्रहरीले नेपाल प्रहरी झापाका एसपी भानु ढकाललाई घटनाबारे जानकारी गराएको थियो। ‘अपहरणकारीले बच्चा सकुशल राखेका छन् भन्ने हामीलाई परिवार बाट जानकारी थियो किनभने उनीहरुले फिरौती रकमको लागि पैसा माग्दै र धम्की पनि दिंदै थिए,’ एसपी  ढकालले भने। 

उनका अनुसार भारतीय प्रहरीको जानकारी पश्चात बालकलाई दमक वा गौरिगञ्जमा लुकाई राखेको हुन सक्ने अनुमानमा त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको थियो। दमक र गौरिगञ्जका प्रहरी प्रमुखको संयोजकत्वमा रातभर त्यहाँका नाकामा चेकजाँज र होटलमा व्यापक निगरानी र तलासी भएको थियो। 

मंसिर २० देखि २४ गतेबीच अपहरणकारीले १५ लाख भारतीय रकम नदिए बच्चाको शव समेत देख्न नदिने धम्की दिएको बुबा सद्दामले बताए। ‘कहिले प्राइभेट नम्बर, कहिले भारतको नम्बर अनि कहिले नेपालका ३, ४ वटा नम्बरबाट फोन आउँथ्यो’, उनले भने, ‘एकपटक गरेको नम्बर अर्को पटक आउँदैनथ्यो।’ 
पैसा बुझाउँनलाई पैसा खोज्दै थिएँ। प्रहरीलाई भनिस् भने तेरो छोरा रहँदैन भन्दै धम्की दिने गर्थे नेपाल प्रहरीप्रति कृतज्ञ हुँदै उनले भने। 

२५ गते बिहान ४ बजेको समयमा स्थानीयबासीको सुराकीको आधारमा झापाको गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछी बस्ने आफ्नो ठाउँलाई परिवर्तन गर्छु भनेर गत वर्षको चुनावमा प्रदेश सांसदमा उठेर जनताको घर दैलोमा भोट माग्दै र अनेक आश्वासन देखाउँदै हिँडेका संघीय समाजवादी फोरमका नेता बद्री यादव भारतीय बालक अपहरण गरेर फिरौती माग्ने क्रममा पक्राउ परेका थिए। 

तत्कालै अर्का अपहरणकारी बिटु भन्ने श्रीप्रसाद गोडी मुखिया गौरिगञ्ज गाउँपालिका ४ कदमगाछीस्थित निजकै घरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरुलाई सोधपुछ र केरकार गर्ने क्रममा अर्की अपहरणकारी अञ्जुदेवी मुखीयाले बालकलाई दमक नगरपालिका–६ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बालकसहित रहेको भन्ने आधारमा अञ्जुलाई पक्राउ गरिएको एसपी ढकालले जानकारी दिए। 

अपहरणकारीले २० गते बच्चालाई भारतबाट सिधै गौरीगञ्जस्थित बिटु र अञ्जुकै घरमा दुई दिनसम्म राखेका थिए। बालक रुन र घर खोज्न थालेपछि  छिमेकीले चासो गर्न थाले। २२ गतेदेखि दमकस्थित होटल देउरालीमा लगेर राखेको अपहरणकारीले बताएको गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले बताए। 

अपहरणकारीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु भएको छ। उता भारतमा पक्राउ परेका दुई अपहरणकारीलाई भारतीय प्रहरीले नै कारबारी अगाडि बढाएको एसपी ढकालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.