डोटीमा महिला हिंसा‍का घटनामा कमी

डोटीमा महिला हिंसा‍का घटनामा कमी

डोटी : डोटीमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको छ।जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्क अनुसार विगत तीन वर्षमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको पाइएको हो।

आर्थिक वर्ष २०७२÷०७३ मा जिल्लामा लैङ्गिक हिंसासम्बन्धी ४४ घटना भएका थिए। आर्थिक वर्ष २०७३÷०७४ मा लैङ्गिक हिंसाका घटना २५ भएका थिए। गत आर्थिक वर्षमा लैङ्गिक हिंसासम्बन्धी १३ घटना मात्रै भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

धामीका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा लैङ्गिक हिंसासम्बन्धी दुई घटना दर्ता भएका छन्।

यस्तै महिलामाथी हुने घरेलु हिंसामा पनि कमी आएको देखिएको छ । ०७२÷०७३ मा ७७ घरेलु हिंसाका घटना भएका थिए भने ०७३÷०७४ मा ४५ घटना भएका थिए।

आर्थिक वर्ष ०७४/०७५ मा ३७ वटा घरेलु हिंसाका घटना भएका छन्। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा घरेलु हिंसासम्बन्धी चार घटना दर्ता भएका छन्।

'महिलामाथि हुने हिंसाका घटना बढीजसो मदिराका कारण हुने गर्छन्,' प्रहरी नायव उपरीक्षक धामीले भने, 'विभिन्न निकाय र प्रहरी आफैले पनि टोलटोलमा मदिरा विरुद्धका सचेतनामूलक अभियान सञ्चालन गरेका कारण यस्ता घटनामा कमी आएको हुनसक्छ।'

उनले डोटीमा हुने अधिकांश घटनाको जरो मदिरा नै भएको देखिएकाले मदिरा नियन्त्रण गर्नका लागि सबैको पहल हुनुपर्ने बताए। प्रहरी नायव उपरीक्षकले २०७२ साल साउन देखि २०७५ कात्तिकसम्म ३१ जनाले आत्महत्या गरेको बताए। उनले भने 'चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै चारजनाले आत्महत्या गरेका छन्, प्रारम्भिक आँकडा हेर्दा आत्महत्याको संख्या गत वर्षको तुलनामा बढी हुने देखिन्छ।'

गत आर्थिक वर्षमा झुण्डिएर आठ र विष सेवन गरेर दुई गरी १० जनाले आत्महत्या गरेका थिए। यस वर्ष आत्महत्या गर्नेहरुमा दुईजनाले झुण्डिएर र दुईजनाले विष सेवन गरेर आत्महत्या गरेका छन्।

यस्तै चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जवरजस्ती करणीका चार मुद्धा दर्ता भएका छन्। जवरजस्ती करणी उद्योगमा दुई घटना दर्ता भएका छन्। यस अवधीमा कर्तव्य ज्यानमा एक मुद्धा दर्ता भएको छ। यस अवधिमा १४ जना हराएकामा आठजना अझै फेला नपरेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.