ओठ सुन्दर बनाउन इन्जेक्सन दिँदा अस्पतालको बेडमा

ओठ सुन्दर बनाउन इन्जेक्सन दिँदा अस्पतालको बेडमा

एजेन्सी : ओठ सुन्दर बनाउने चक्‍करमा लागेकी एक युवती अस्पतालको बेडमा पुगेकी छन्।२९ वर्षीया रच्यल न्यापेर नामकी युवतीले ओठको आकार मोटो बनाउने इन्जेक्सन दिएपछि दुखाइ सहन नसकेर उनी अस्पतालको बेडमा पुगेकी हुन्।

समाचारमा बताइएअनुसार ओठ मोटो बनाउन इन्जेक्सन लगाएकी थिइन्। इन्जेक्सन लगाइसकेपछि उनलाई सही नसक्नु पीडा मात्र भएन ओठको आकार ३ गुणा मोटो भएको थियो।

पीडा सहन नसकेर उनी ब्युटिसियनकहाँ गइन्।ब्युटिसियनले ओठमा एलर्जी भएको भन्दै वरफले सेकिदिइन्।यसो गर्दा पनि दुखाइ र ओठको मोटाइ नघटेपछि अन्त्यमा उनी अस्पताल जान बाध्य भइन्।

लन्डनको एक क्लिनिकमा उपचार गरेको ७२ घन्टापछि उनको ओठको आकार सामान्य अवस्थामा आएको छ।उनी अहिले पूर्व अवस्थामा फर्किएकी छन्। सुन्दर बन्ने बाहनामा आफूले पाउनुसम्म दुख पाएपछि अरु महिलालाई सौन्दर्यको पछाडी नलाग्न सल्लाह दिएकी छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.