प्रदेशस्तरीय मुख्यमन्त्री कराँते कप सुरु
![प्रदेशस्तरीय मुख्यमन्त्री कराँते कप सुरु](https://annapurnapost.prixacdn.net/media/albums/karatecup_20181213111607_0rY1fZ5c9A.jpg)
भद्रपुर : झापामा आज दुईदिने प्रदेशस्तरीय प्रथम मुख्यमन्त्री कराँते कप प्रतियोगिता सुरु भएको छ ।
कराँते खेलको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कराँते खेललाई प्रदेश १ को मुख्य खेल बनाउन पहल गर्ने बताए । साथै सम्पूर्ण खेल क्षेत्रको विकासका लागि नियमावली बनाएर बजेट विनियोजन गर्ने पनि उनको प्रतिवद्धता थियो । कराँते खेल प्रतियोगिताबाट भद्रपुर नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसारका साथै विकासमा टेवा पु¥याउने अपेक्षा पनि गरिएको छ ।
भद्रपुर नगरपालिकाको वडा नम्बर २ स्थित पृथ्वीनगर कराँते परिवारको आयोजनामा भएको खेलको संयोजन नगरपालिकाले नै गरेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
आयोजक कमिटीका सल्लाहकार शीवराज भण्डारीका अनुसार प्रदेश नम्बर १ का सबै जिल्लाबाट छात्र, छात्रा गरेर २ सय खेलाडीको सहभागिता छ ।
आज र भोलि दुई दिनसम्म सञ्चालन हुने खेलबाट २१ जना उत्कृष्ट खेलाडी छनोट हुने र उनीहरु नेपालगञ्जमा हुने आठौँ कराँते कप प्रतियोगितामा भाग लिन पाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)